नेपाल टी–२० लिग: क्वालिफायर–१ मा लुम्बिनी र जनकपुर भिड्दै

काठमाडाैं | पुस २२, २०७९

नेपाल टी–२० लिग: क्वालिफायर–१ मा लुम्बिनी र जनकपुर भिड्दै

काठमाडौं:   नेपाल टीः २० लिगमा लुम्बिनी अल स्टार्स र जनकपुरले क्वालिफायर–१ मा प्रतिस्पर्धा गर्ने भएका छ्न्।


शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा जनकपुरले लुम्बिनीमाथि २३ रनको जित निकाल्यो।


समूह चरणको खेल सकिदा लुम्बिनी अंक तालिकाको शीर्ष स्थानमा रहदा जनकपुर दोस्रो भयो। समूह चरणका सबै खेल खेल्दा लुम्बिनीले १० खेलबाट १६ अंक जोड्दा जनकपुरले १४ अंक बटुल्यो। 


शुक्रबार त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित १७ ‌ओभरमा ६ विकेटको क्षतिमा १५९ रन जोड्यो।


उसका लागि ट्रेभन ग्रिफिप्तले ११ बलमा नटआउट ४७ रन जोडे। उनले ३ चौका र ५ छक्का हिर्काए। त्यसअघि शराफुद्दिन असरफले ३४ रन र खडक बोहाराले २२ रन जोडे। बलिङमा लुम्बिनीका सागर ढकाल र कुशल भुर्तेलले २–२ विकेट लिए। 


१६० रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७ ओभरमा ७ विकेट गुमाएर १३६ रन जोड्यो। उसका लगि अनिल साहले ३५ रन, लाहिरू मिलन्थाले ३२ र सुनील धमलाले २७ रन जोडे। 


बलिङमा जनकपुरका ट्रेभनले ३ विकेट लिए भने शमिउल्लाह शिनवारीले २ विकेट लिए।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्